Logo

बागमती पेज

असार २९, २०८० शुक्रबार

नेपाललाई पहिलो सफलता, पवनले लिए विकेट


काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई पाकिस्तान ए विरुद्ध पहिलो सफलता मिलेको छ ।

पवन सर्राफले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले पाकिस्तानका ओपनर हसिबुल्लाह खानलाई १२ रनमा गुल्शन झाको हातबाट क्याच आउट गराए ।

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ ले ८ ओभरमा एक विकेट गुमाएर ४५ रन बनाएको छ ।