Logo

बागमती पेज

असार ३०, २०८० शनिबार

सचिवमा प्रवेश पौडेलको उम्मेदवारी घोषणा


काठमाडौँ । अष्ट्रेलिया राष्ट्रिय युवा फोरमको सचिवमा प्रवेश पौडेलले उम्मेदवारी दिएका छन् । अष्ट्रेलिया नेपाली समाजमा लोकप्रिय पौडेलले गैर आवसिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय युवा फोरम सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । राष्ट्रिय युवा फोरमको निर्वाचन जुलाई २९ मा हुँदैछ ।

अन्तराष्ट्रिय विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका पौडेल यहाँको नेपाली समाजमा सहयोगी एवम् युवा पुस्तामा कला र क्षमताका अब्बल व्यक्तिका रुपमा परिचित छन् । अष्ट्रेलियाबाट बिजनेस र एकाउन्टेन दुई विषयमा माष्टर गरेका पौडेल लामो समयदेखि अध्ययन रोजगारी र हाल बैकिङ क्षेत्रमा आबद्ध रहि बिभिन्न सामाजिक संघ सस्थामा काम गर्दै आएका छन् । पौडेलले अष्ट्रेलियामा रहेका नेपालीलाई हरेक समस्यामा साथ दिँदै आएका छन् ।

एनआरएनए अष्ट्रेलियाको टाक्स फोर्समा काम गरिसकेका पौडेल नेप्लीज कम्यिूनिटी अफ न्यूकालसका संस्थापक सह–सचिव र निर्वतमान सचिव हुन् । आगामी २०२३–२०२५ को कार्यकालमा सचिव पदमा विजयी भए पश्चात पौडेलले के-के गर्ने भन्ने योजना नै तय गरेका छन् । नेपाली समुदायका हरेक गतिविधिमा साथ दिने देखि विशेषगरी युवा र विद्यार्थी केन्द्रित धेरै योजनासहित जिम्मेवारी लिने र पदमा बस्दा रचनात्मक काम गर्ने उद्घोष छन् ।

अष्ट्रेलियामा राष्ट्रिय युवा सम्मेलन गरेर सम्पूर्ण युवा र विद्यार्थीलाई एकतावद्ध बनाएर काम गर्ने, स्वरोजगार, आत्मर्निभर, युवाको सुन्दर भविष्यसँग जोडिएका सवाल र मानसिक स्वास्थ्यलगायतका दर्जनौं विशेष कार्यक्रम ल्याउने उनको योजना छ ।

अष्ट्रेलियामा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीलाई नजिकबाट सहयोग गर्दै आएका पौडेल राष्ट्रिय युवा फोरमका हेविवेट उम्मेदवार मानिएका छन् । नेपाली युवामा सम्भावना बोकेका युवा भएकाले उनलाई सबैले सद्भाव राखेका छन् ।