Logo

बागमती पेज

श्रावण ३, २०८० बुधबार

आफ्नै नातिनीलाई करणी गरेको अभियोगमा एक बृद्ध पक्राउ


काठमाडौँ । आफ्नै नातिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा दोलखाको तामाकोशी गाउँपालिकाका एक बृद्ध प्रहरीको हिरासतमा पुगेका छन् ।

११ बर्षिया नातिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा तामाकोशी गाउँपालिकाका ७४ बर्षिय बृद्ध प्रहरी हिरासतमा पुगेका हुन् । गत असार २२ गते गाउँमै बाख्रा चराउन गएकी ११ बर्षिया वालिकालाई ती बृद्धिले जवरजस्ती करणी गरेका थिए । बालिकालाई बलात्कार गरेपछि फरार रहेका ७४ बर्षिय बृद्धलाई दोलखा प्रहरीले भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको थियो । उनलाई जवरजस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरी हिरासतमा राखेर अनुशन्धान भईरहेको दोलखा प्रहरीले जनाएको छ ।

असार २२ गते दिउँसो घर नजिकै बाख्रा चराउन गएकी बालिकालाई ती बृद्धले मुख थुनेर बलात्कार गरेको परिवारजनले बताएका छन् । पानी परेपछि छोरीलाई ओढ्न प्लास्टिक लिएर गएकी आमालाई समेत उनले धम्क्याएका थिए । घटना वारे अरुलाई भने मार्नेसम्म धम्कि दिएको पीडित परिवारले बताएका छन् ।

लामो समय भारत बसेर १० बर्षअघि मात्रै गाउँ फर्किएका ती बृद्ध घरमा एक्लै बस्ने गरेका थिए । बालिकालाई बलात्कार गरेपछि पनि उनी भारत भाग्नकालागि किर्नेटार हुँदै मन्थलीतर्फ जान लागेका थिए । सोही क्रममा दोलखा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।