Logo

मेघनाथ पहाडी

श्रावण ७, २०८० आईतबार

कक्षा ११ पढ्नेलाई साम्तेन मेमोरियलको १०० प्रतिशत स्कलरसिप


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ कपनमा रहेको साम्तेन मेमोरियल कलेजमा कक्षा ११ पढ्नेलाई १०० प्रतिशत स्कलरसिप दिने व्यवस्था गरेको छ । विषेशगरी कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययन गर्न चाहाने विद्यार्थीलाई कलेजले स्कलरसिपको व्यवस्था गरेको हो ।

२०६२ सालबाट विद्यालय संचालन गर्दै आएको यस विद्यालयले २०८० सालबाट माध्यमिक तह अन्तर्गत प्लसटु अध्यापन गराउने भएको हो ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष निम्तो शेर्पाले सबै विद्यार्थीहरुले सहजरुपमा पढ्न पाउन् भन्ने उदेश्यले यस वर्ष व्यवस्थापन अध्ययन गर्न चाहाने विद्यार्थीलाई हामीले सत्प्रतिशत छात्रावृत्ति प्रदान गर्ने तयारी गरेको बताए ।

हामीले विशेषगरी व्यवस्थापन पढ्न चाहाले विद्यार्थीलाई लक्षित गरेर कक्षा संचालन गर्ने सम्पुर्ण तयारी पुरा गरेको विद्यालयका प्रधानाध्यापक गोविन्द धामीले जानकारी दिए । अहिले व्यवस्थापन विषयलाई नै ब्राण्डिङ गरेर साम्तेनको परिचय बनाउन तर्फ विद्यालय लागेको छ ।

प्रधानाध्यापक धामीले भने, आगामी दिनमा आवश्यक र विद्यार्थीका माग अनुसार विज्ञान, ल, मानवीकी, शिक्षा लगायतका अन्य विषय पनि अध्ययन गराउने हाम्रो योजना छ ।

हाल विद्यालयले कक्षा ११ मा म्यानेजमेन्ट पढ्ने विद्यार्थीको धमाधम भर्ना भईरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।