Logo

बागमती पेज

श्रावण ७, २०८० आईतबार

एकीकृत समाजवादी रामेछापका अध्यक्ष एमालेमा प्रवेश


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेत नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले केन्द्रीय कमिटीको आयोजनामा रामेछापको मन्थलीमा भएको विशेष कार्यक्रममार्फत बस्नेत एमालेमा प्रवेश गरेका हुन् ।

बस्नेतलाई एमाले महासचिव शंकर पोखरेलल, पूर्व सांसद गणेश कुमार पहाडी लगायत नेताहरुले नेताहरूले एमालेमा स्वागत गरेका छन् । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्व सभापति र उपसभापति समेत हुन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहाल र नेकपा एकीकृत समाजवादीका अन्य नेताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।