Logo

बागमती पेज

श्रावण ८, २०८० सोमबार

प्रधानमन्त्रीद्वारा विभिन्न युरोपेली देशका प्रतिनिधिहरूसँग भेट


काठमाडौँ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोममा नेपाली जनप्रगतिशिल मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोएसिया, पोर्चुगल, अस्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूसँग भेट गर्नुभएको छ।

भेटको अवसरमा नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरूमा देश बन्ने भो भन्ने आत्मविश्वास बढेको र त्यसको लागि सम्माननीय प्रधानमन्त्रीलाई बधाई दिनुका साथै आफूहरू साथमा रहने प्रतिबद्धता प्रतिनिधिहरूले जनाउनुभयो।

भेटमा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफु लागिपर्ने र देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको, ठुला ठुला भ्रष्टाचार र तस्करीलाई कारबाही गर्न सरकारले अठोट लिएकोले राष्ट्र निर्माणमा सबैको साथ आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमको सुरुमा प्रधानमन्त्रीकी दिवङ्गत पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।