Logo

बागमती पेज

श्रावण १४, २०८० आईतबार

बूढानीलकण्ठ नगरपालिका लेखा शाखामा हाइ प्रोफाइल


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाको लेखा शाखा प्रमुखमा केदार प्रसाद देवकोटा आएका छन् । नेकपा एमाले निकट पेशागत महासंघ नेपालका महासचिव समेत रहेका देवकोटाले नगरपालिकाको लेखा शाखा प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

नेपाल निजामती कर्मचारी संगठनका पुर्व अध्यक्ष रहेका देवकोटाले यस अघि विभिन्न स्थानीय तह र निकायमा जिम्मेवारी सम्हालिसकेका छन् भने कर्मचारीहरुको पेशागत हितका लागि लामो समय देखि निरन्तर सक्रिय रहेका छन् ।

कर्मचारी आन्दोलनको नेतृत्वदावी स्थानमा रहेर काम गरिसकेका देवकोटाको बूढानीलकण्ठ नगरपालिकामा इन्ट्री भएसंगै स्थानीय राजनीति समेत तरंगित बनेको छ।

पेशागत र राजनीतिक रुपमा निकै सक्रिय रहेका देवकोटाको आगमनसँगै नगरपालिकामा चलिरहेको सेटिङ्ग र सिन्डिकेट भत्किदा धेरै समस्इा हुने चर्चा स्थानीय राजनीतिमा व्यापक बनेको छ भने उनको प्रवेशले कर्मचारीहरुमा पनि निकै ठुलो हलचल पैदा भएको छ ।