Logo

बागमती पेज

श्रावण १४, २०८० आईतबार

विश्व किर्तिमानीको रोजाई मनास्लु वल्ड कलेज


काठमाडौँ । विश्व किर्तिमानी राख्न सफल सौगात विष्टले एसईई पछिको कक्षा ११ अध्ययन गर्न मनास्लु वल्र्ड कलेज राेजेका छन् ।

७ वर्ष ३४० दिनको उमेरमा विश्व किर्तिमानी राख्न सफल सौगात विष्टले कक्षा ११ मा कानुन विषय अध्ययनका लागि मनास्लु वल्ड कलेजमा भर्ना गराएका हुन् ।

मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्नका लागी पुर्ण छात्रवृत्ति दिएको यस कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए ।

विष्टले विश्वको सबैभन्दा कान्छो निर्देशकको रुपमा सन २०१४ मा विश्व किर्तिमान राख्न सफल भएका थिए । उनले निर्देशन गरेको चलचित्र “लव यु बाबा” हो । यस चलचित्र मार्फत नै विष्टले विश्व किर्तिमान राख्न सफल भएका थिए ।

मनास्लु वल्र्ड कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त कृयाकलापका क्षेत्रहरु खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरुलाई स्थापनाकालदेखि नै ५०% देखि १००% सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर विभिन्न क्षेत्रमा सफल नेतृत्व उत्पादन गर्ने मनास्लु कलेजको मुख्य उद्देश्य रहेको कलेजका अध्यक्ष गेन्द्र लामाले जनाए ।

विद्यार्थीको रोजाईमा पर्न सफल रहेको मनास्लु वल्र्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकि संकायमा अध्ययन अध्यापन गराइन्छ ।