Logo

बागमती पेज

श्रावण १४, २०८० आईतबार

बूढानीलकण्ठलाई धक्का: प्रधानाध्यापकको परिक्षा रोक्न अन्तरिम आदेश


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबात सामुदायिक विद्यालयहरुमा प्रधानाध्यापक नियुक्त गर्ने निर्णय बिरूद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर रोकेको छ ।

नगरपालिकाले आफ्नै तजबिजमा नगरभित्रका सामुदायिक विद्यालयमा हाल रहेका प्रधानाध्यपक परिवर्तन गरेर नयाँ प्रधानाध्यपक ल्याउने निर्णय गरेपछि परेको मुद्धाको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता तथा बार एसोसियसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काको अनुसार निर्णय कार्यान्वयनमा नल्याउन सर्वोच्चले शुक्रवार अन्तरिम आदेश दिएको हो ।

बूढानीलकण्ठ नगरपालिकाले संघीय शिक्षा ऐन आउने प्रक्रियामा रहेको अवस्थामा कार्यविधिका आधारमा प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अगाडी बढाएको सन्दर्भमा हाललाई उक्त प्रक्रिया रोक्नका लागि परेको रिटमा अन्तरिम आदेश दिएको हो ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयहरुमा व्यवस्थापन समिति गठनको वारेमा पनि उच्च अदालतले हाललाई सम्पूर्ण प्रक्रिया रोक्नका लागि अन्तरिम आदेश दिएको बरिस्ट अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिएका छन् ।