Logo

भवानी कार्की

श्रावण २०, २०८० शनिबार

पत्रकार विश्वकर्माको ‘भूराजनीतिको भार’ लोकार्पण


काठमाडौँ । पत्रकार एवं लेखक बाबुराम विश्वकर्माको ‘भूराजनीतिको भार’ पिूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठ, नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजाल लगायतले नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक लोकार्पण गरेका छन् ।

लोकार्पण कार्यक्रममा पूर्व प्रधानन्यायधीस श्रेष्ठले हामी सबै देशसँग बराबर र समान छौं भन्दै भुगोल, ईतिहास, सँस्कृति, भाषा, सम्बन्ध लगायत धेरै कारणले सबैसँग एक किसिमको सम्बन्ध रहेको बताउँदै यसबाट अवसर र चुनौति दुबै हुने धारणा राखेका थिए ।

भूराजनीतिको भार नेपालमा शक्ति–राष्ट्रको बढ्दो सक्रियतामाथि एक पत्रकारको अलोचनात्मक शोध–खोज रहेको लेखक विश्वकर्माले बताए । नेतृत्वको कमजोरीले नेपाल विदेशी स्वार्थको खेलमैदान बन्दै गएको बताए । सरकार बदलिए पनि विदेश सम्बन्धका सर्वस्वीकार्य आदर्श र अभ्यास बदलिनु नहुने र गुटगत र पार्टीगत लाभ हेरेर विदेश सम्बन्ध सञ्चालन गर्नु देशका लागि गम्भीर घात र बेइमानी रहेको लेखक विश्वकर्माको बुझाई रहेको छ ।

विश्वकर्माको पुस्तक भूराजनीतिको भारमा मुलुकको संविधान, असंलग्न एवं स्वतन्त्र परराष्ट्र नीति, लोकतन्त्रका आधारभूत मूल्य तथा विदेश निति सम्बन्धी संसारका असल अभ्यास नै नेपालको विदेश सम्बन्ध सञ्चालनका मूल आदर्श हुनुपर्ने विषयलाई पनि पुस्तकमा समावेश गरिएको छ।

‘भूराजनीतिको भार’ लेखक विश्वकर्माको दोश्रो पुस्तक हो । उनको पहिलो कृति ‘दलित र द्वन्द्व’ २०६३ सालमा प्रकाशित भएको थियो । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार र रोटरी जर्नो अवार्डबाट पुरस्कृत विश्वकर्मा सार्वजनिक सरोकारका सवालमा निर्भीक कलम चलाउदै आएका छन् ।