Logo

बागमती पेज

श्रावण २६, २०८० शुक्रबार

कपन सात तलेदेखि फैकासम्म नाँपजाँच सुरु, तत्काल डोजर नचल्ने


काठमाडौँ । कपन सात तले क्षेत्रमा खोला अतिक्रमण गरेर बनाएका भनिएका संरचनाको नक्सा भएनभएकोबारे नापी कार्यालय चावहिलमा नक्सा भिडाउने काम भइरहेको छ । काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नापी कार्यालय चाबहिलका अमिन बसेर नक्सा भिडाउने काम भइरहेको बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार बिहीबारबाटै तिनै पक्षका अमिन र सम्बन्धित वडाध्यक्ष बसेर नक्सा भिडाउन सुरु गरिएपनि सो क्रम शुक्रबार पनि जारी रहेको हो । काठमाडौँ महानगरपालिका वडानम्बर ६ र ७ तथा बुढानीलकण्ठका वडानम्बर १० र १२ वडाका अध्यक्ष अमिनहरुसँगै खटिएका छन् ।

यता काठमाडौँ महानगरले शुक्रबार पनि सो क्षेत्रमा डोजर तैनाथ राखेको छ । नक्सा एकिन हुनासाथ खोला मिचेर बनाएका संरचना भत्काउने काठमाडौँ महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजु पाण्डेले बताए ।

सो क्षेत्रमा खोलो मिचेकाले बर्षायाममा बढी बस्तीमा छिरेको भन्दै स्थानीयले मिचेर बनाएका संरचना भत्काउनुपर्ने बताउँदै आएका छन् । शुक्रबार पनि स्थानीयले खोलो मिच्न पाइदैन भन्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।