Logo

भवानी कार्की

श्रावण २६, २०८० शुक्रबार

मानिसको शरीरभन्दा भिडियो प्यारो, कता जाँदैछ हाम्रो समाज


काठमाडौँ । कहिलेकाही आफैलाई प्रश्न गर्छु, कि कोही मानिस यती स्वार्थी र निर्दयी कसरी हुन सक्छ । आफ्नै आँखाले कोही छट्पटाईरहेको देख्दापनि ती मानिसहरुमा दयाको भावना अलिकतीपनि आएन होला । आवस् पनि कसरी ? जब मान्छेलाई आफैँ सामाजिक संजालमा भाईरल भन्ने पर्दाले छोपिदिएको छ ।

प्रविधिको विकासले मानिसलाई बाठो त बनायो । तर यसरी बाठो बनायो कि उस्ले मानवता देखाउनुभन्दा अघि मोबाइल देखाउँछ । रमिता हेर्दे कसैको बाध्यता माथि खेलवाड गर्छ । हो, मैले २३ वर्षको अल्पायुमा ज्यान गुमाउन पुगेका विश्वराज श्रेष्ठका रमितेहरुको कुरा गर्देछु । रमितेहरु यती सम्म रमिते भए की नजिकै रहेको प्रहरीलाई समेत घटनाबारे खबर गरिदिएनन् । प्रहरीलाई खबर गर्नुको सट्टा आफै भाईरल हुने निहुमा फोटो र भिडियो बनाएर बसिरहे ।

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका ७ स्थित १६ किलोमा मंगलबार बस र मोटरसाइकल आपसमा ठोक्कियो । दोलखा बैतेश्वर गाउँपालिका ७ घर भएका मोटरसाइकल चालक २३ वर्षिया विश्वराज श्रेष्ठ गम्भिर घाइते हुन पुगे ।

उनको खुट्टबाट सडकनै भिज्नेगरी रक्तश्राप भएको दृश्य सामाजिक संजालमा भाईरल भएको देख्न सकिन्छ । तस्विर पनि यती हृदयविदारक की घाइते दुवैहातको सहायताले पछाडी टेकेका छन् र केही थान रमितेहरु भने मोबाइल तेर्साएर तस्विर र भिडियो लिएका छन् । कोही कम्मरमा हात लगाएर टुलटुलु हेरेर बसेको देखिन्छ । ती रमितेहरु कोहीले त मानवता देखावस्, तर तेस्तो भएन ।

करिव आधा घन्टा दुई हात टेकेर रुँदै सहयोगको याचना गरिरहेका उनले कसैबाट सहयोग पाउन सकेनन् । त्यो भिडले उनलाई बचाउन कोसिस् नै गरेन बरु हातमा फोन बोकेर तस्विर र भिडियो खिच्न लागेको देखिन्छ । कति निर्दयी रहेछन् त्यहाँ देखिएका मानिस ।

अन्तत विश्वराजले उपचारको अभावमा ज्यान नै गुमाउनु पर्यो । समयमा उपचार पाएका भए उनले जीवन पाउने थिए । उनको मृत्युको जिम्मेवार को त ? तेस्को जिम्मेवार त्यो भिड र समाजलाई जान्छ । अनी मान्छे हानेर भाग्ने बस चालक । बस चाकले पनि विश्वराजलाई अस्पताल पुर्याउन मद्दत गरेको भए उनी बाँच्ने थिए ।

अहिले हरेक क्षेत्रमा समाज अगाडी छ । सञ्चार माध्यमले जुन सुविधाका लागि पनि सहज बनाइदिएको छ । तर मानिसहरुले यसको गलत फाइदा उठाउँदा समाजमा अप्रिय घटना घट्दापनि मुकदर्शक बन्ने र फोटो भिडियो बनाउने प्रवित्तिको लर्को लागेको छ ।

हामी सब मानव हौँ । परेको खण्डमा सबैले मानवता देखाउन आवश्यक छ । ताकी तत्काल समाधान हुने समस्याले विकराल रुप नलियोस् । विश्वराज जस्तै यस्ता धेरै घटना मानिसकै लापरबाहिका कारण घटिसकेका छन् । हरेक मानिसले आफ्नो स्वाभिमान भुल्दै जाने हो भने भोलिका दिनमा आफ्नै मान्छे आफ्ठ्यारोमा पर्दापनि सहयोग गर्ने कोही हुँदैन ।

त्यसैले मानवता सबैका लागि खाँचो छ । सोचौँ त विश्वराजलाई जस्तै भोली हाम्रो परिवारमा पनि नहोला भन्न सकिन्छ र ? जे हुनु भयो आगामी दिनमा परेको खण्डमा सबैले मानवता देखाऔं । सडक दुर्घटनामा युवा अवस्थामै ज्यान गुमायका विश्वराज प्रती भावपुर्ण श्रदाञ्जली ।