Logo

मेघनाथ पहाडी

श्रावण २८, २०८० आईतबार

नेपाली लेखक सङ्घ काठमाडौँ अध्यक्षमा केसी चयन


काठमाडौँ । नेपाली लेखक संघ काठमाडौँको अध्यक्षमा विसुकुमार केसी चयन भएका छन् । संघको दोस्रो अधिवेशनले केसीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

पद्मकन्या क्याम्पसमा भएको कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नम्बर ४ का सांसद गगन थापाले काठमाडौँ जिल्लाको कार्यसमिति देश भरीको नमुना र उत्कृष्ठ ढंगले काम गर्न आग्रह गरेका थिए । पार्टीले आगामी दिनमा संघलाई आवश्यक साथ सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेपाली लेखक संघका केन्द्रीय महासचिव सोझो गाउलेले नयाँ नेतृत्वले जोस जाँगरका साथ अन्य खालका कामलाई थाँती राखेर संघलाई जुझारु र सक्रिय ढंगले अगाडी बढाउन अनुरोध गरे ।

संघका केन्द्रीय सहअध्यक्ष रत्नमणी नेपालले विगतमा अलमलियको र सक्रिय ढंगले काम नगरेको भन्दै नयाँ समितिले लेखक संघ पनि छ भनेर सबैको चासो हुने खालका काम गर्न सुझाएका थिए । आवश्यक पर्दा केन्द्रीय कमिटीबाट सहजिकरण गर्ने भन्दै आगामी दिनमा सकृय ढंगले अघि बढ्न काठमाडौँ कार्यसमितिलाई निर्देश गरे ।

अध्यक्षः
विसुकुमार केसी

उपाध्यक्षः
जनार्दन अधिकारी
विमुन्स पौडेल

सचिवः
गणेश भट्ट अणु

सहसचिवः
माधव बिडारी
पार्वती अधिकारी

कोषाध्यक्षः
सुशीला पौडेल

सदस्यहरूः
सुधा बास्कोटा
जगदिश्वर पोखरेल
पुनम घिमिरे
सुस्मिरा अर्याल
शोभा खरेल उप्रेती
हिरा परियार
विनोदकुमार दहाल
पुर्णिमा प्रतिविम्व

नव निर्वाचित अध्यक्ष केसीले आगामी दिनमा काठमाडौँ भित्रका पाँच वटै भेगलाई समेटेर टिमलाई अझ प्रभावकारी ढंगले बढाउने बताए । आफ्नो नेतृत्वमा रहेको टिमले सबै खालका लेखक र यस प्रति रुचि भएकाहरुलाई समेटेर अघि बढ्ने योजना रहेको भन्दै सबै मिलेर अगाडी बढ्ने धारणा राखे ।