Logo

बागमती पेज

श्रावण २८, २०८० आईतबार

बाल अपाङ्ग टेवा संस्थाको सातौं वार्षिक साधरणसभा सम्पन्न


काठमाडौँ । सामाजिक सेवामा सक्रिय बाल अपाङ्ग टेवा संस्थाको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुढानीलकण्ठ- ११ मा हेको बाल अपाङ्ग टेवा सस्थाले आफ्नो वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षणले धुम्बराहीस्थित लर्ड बुद्ध पार्टी प्यासेलमा सम्पन्न गरेको हो ।

सन् २००६ सालमा स्थापित बाल अपाङ्ग टेवा संस्था अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा सक्रियरूपमा काम गरिरहेको छ ।

गरिब तथा सीमान्तकृत समाजको विपन्नवर्गमा यस संस्थाले हरेक वर्ष ह्विलचियर लगायत अन्य उपकरण उपलब्ध गराउँदै आएको छ ।

संस्थाले केन्द्र, प्रदेश र स्थानीय तह र विभिन्न समुदाय स्तरका यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ। संस्थाले विपन्नवस्तीमा सुधारिएको चुलोदेखि घर छाउन जस्तापाता, पुस्तकालयका लागि पुस्तक एवम् खाद्यान्न वितरण गर्दै आएको छ ।