Logo

बागमती पेज

भाद्र ७, २०८० बिहीबार

कपन प्रहरी प्रभाग प्रमुखमा नवराज सापकोटा, स्मृति सिलवालको बिदाई


काठमाडौँ । कपन प्रहरी प्रभाग प्रमुखमा नवराज सापकोटा आएका छन् । त्यस्तै यस अघि प्रभागको प्रमुख रहेकी स्मृति सिलवाललाई बिदाई गरिएको छ। सिलवाल गत फागुन २५ गते मात्रै प्रभाग प्रमुखको रूपमा आएकी थिइन्।

सिन्धुपाल्चोकको मेलम्चीमा रहेको ईलाका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक नवराज सापकोटा प्रहरी प्रभाग कपनमा सरुवा भएर आएका हुन्।

कपन प्रहरी प्रभागबाट सरुवा भएकी प्रहरी निरीक्षक सिलवाल प्रहरी प्रधान कार्यालय सरुवा भएकी छन् ।