Logo

भवानी कार्की

भाद्र ९, २०८० शनिबार

युवा उत्प्रेरणाको लागि ‘ब्रेक थ्रु विथ रोहित मल्ल’ कार्यक्रम हुने


काठमाडौँ । गैरनाफमुलक सामाजिक संस्था ‘युनिर्भसिटी अफ थ्री जेनेरेसन’ले युवा उत्प्रेरणाका लागि ‘ब्रेक थ्रु विथ रोहित मल्ल’ कार्यक्रमको आयोजना गर्ने भएको छ।

युवा तथा विद्यार्थी लक्षित यो एक दिने कार्यक्रम आउँदो भदौ १९ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गर्न लागिएको कार्यक्रमबारे पत्रकार सम्मेलन मार्फत जनाईएको छ ।

युवाहरुमा आफ्नो करियरमा के बन्ने रु, सम्बन्ध कसरी कायम राख्ने रु लागूपदार्थ दुर्व्यसनबाट कसरी पर रहनेजस्ता विषयहरुमा अथाह दुविधा रहेकोले उनीहरुलाई सकारात्मक कार्यमा उत्प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक सुरज गिरीले बताए ।

‘राइट प्याथ करियर काउन्सिलिङ’ प्रमुख प्रायोजक रहेको कार्यक्रममा मोटिभेस्नल स्पिकर रोहित मल्लले मोटिभेस्नल स्पिज दिनेछन्।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वहाकिम तथा हाल नविल बैंक लि.का डि.सि.इ.ओ बैंकर तथा सि.ए. मनोज ज्ञवाली, कमेडियान तथा युवा राजनीतिज्ञ हिमेश पन्त, पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, उद्यमी विष्णुहरि पाण्डे र सिंहबहादुर मोक्तान तथा सामाजिक अभियान्ता तथा राजनीतिज्ञ पुकार बमलगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ।