Logo

बागमती पेज

भाद्र १२, २०८० मंगलबार

ट्राफिक कार्यलय बौद्धका प्रमुख प्रहरी निरीक्षक खरेललाई बिदाई


काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेललाई बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले करिब १६ महिनाको कार्य सम्पादन पश्चात जनकपुर सरुवा भर्इ जान लागेका ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेललाई बिहिबार समितिका अध्यक्ष राजकुमार लामा सहित समितिका पदाधिकारीहरुले बौद्धमा रहदा गरेको सेवा र पुर्‍याएको योगदानको उच्च कदर गर्दै आगामी दिनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै मायाको चिनो दिएर बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेलले बौद्धमा रहदा बौद्धनाथ क्षेत्र विकास समितिसँगको सहकार्यमा ट्राफिक व्यवस्थापनको थुप्रै काम गर्न पाएको बताए । उनले क्षेत्र विकास समितिबाट पाएको सहयोगलाइ सधै आत्मसाथ गर्ने बताएका थिए ।