Logo

बागमती पेज

भाद्र २१, २०८० बिहीबार

नेपालमा भैंसी र राँगाको संख्या २९ लाख २३ हजार


काठमाडौं । नेपालमा भैंसी र राँगाको संख्याको नयाँ विवरण सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार नेपालमा भैंसी र राँगाको कुल संख्या २९ लाख २३ हजार छ ।

यसअघि २०६८ को गणनामा यस्तो संख्या ३१ लाख ७४ हजार थियो । केन्द्रीय तथ्यांक कार्यालयकाअनुसार १० वर्षमा भैंसी र राँगाको संख्या २ लाख ५१ हजारले घटेको हो ।

विवरणअनुसार भैंसी र राँगा पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आएको छ । २०६८ सालमा भैंसी र राँगा पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या १४ लाख १७ हजारमा सिमित भएको छ । जुन २ लाख ५२ हजार परिवारले कम हो ।