Logo

बागमती पेज

भाद्र २४, २०८० आईतबार

गोकर्णेश्वरका नगर प्रमुख रिसाललाई हेल्थ अवार्ड


काठमाडौं । गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल हेल्थ अवार्डबाट सम्मानित भएका छन् । उनलाई एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्मान गरेका हुन् ।

क्यान्सर पीडितहरुका लागि स्थानीय तहको सिफारिसमा संघ सरकारले दिने एक लाख रुपैयाँ अनुदानमा थप ५० हजार रुपैयाँ थपिदिने निर्णय पहिलो कार्यपालिका बैठकबाट मेयर रिसालले गरेका थिए ।

साथै समुदायस्तरमा क्यान्सर परीक्षणको अभियान चलाएको, शंकास्पदको पुनः परीक्षण नगरपालिकाबाटै गराएको, नगर अस्पतालको विकासमा प्राथमिकता दिएको र ७० वर्षमाथिका बिरामीको ७० प्रतिशत उपचार खर्च नगरले व्यहोर्ने नीति लिएका कारण रिसाललाई उक्त अवार्ड प्रदान गरिएको आयोजक स्वास्थ्य खबरकी अध्यक्ष नर्मदा न्यौपानेले जानकारी दिइन् ।

स्वास्थ्य मन्त्रालयको साझेदारीमा स्वास्थ्य खबर पत्रिकाले हरेक वर्ष हेल्थ अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष १० वटा विधामा १३ जनालाई प्रधानमन्त्री प्रचण्डको हातबाट सम्मान गरिएको छ ।