Logo

बागमती पेज

भाद्र २६, २०८० मंगलबार

बिदाकाे दिन चलाइएका सरकारी गाडी नियन्त्रण


काठमाडौँ । युवा सङ्घ नेपाल, धनुषाले बिदाको दिन सरकारी गाडी चलाएको भन्दै जनकपुरधाममा ११ वटा सरकारी नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको छ । जसमा दुई वटा चार पाङ्ग्रे र ९ वटा मोटरसाइकल रहेका छन् ।

बिदाका दिन सरकारी गाडी सरकारी कर्मचारीले अत्यावश्यक काममा प्रयोग गर्नु परेको खण्डमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्ने प्रावधान भए पनि अनुमति बेगर सरकारी गाडी चलाउने प्रवृत्ति बढेको पाइएको छ ।

संघका मधेस प्रदेश अध्यक्ष लव अधिकारीले सरकारी गाडीको दुरुपयोग गरेको पाइएका ११ वटा सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरी कार्यालय धनुषालाई बुझाइएको बताउनुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेका अनुसार जून जिल्लाका कार्यालयको सरकारी गाडी हो त्यही जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट बिदाका दिनमा सञ्चालनका लागि अनुमति लिनुपर्ने प्रावधान रहेको छ ।