Logo

बागमती पेज

भाद्र २७, २०८० बुधबार

बसलाई ट्रकले ठक्कर दिंदा ११ जनाको मृत्यु


काठमाडौँ । ट्रकले बसलाई ठक्कर दिंदा भारतको राजस्थानमा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो ।

जयपुर-आगरा सडक अन्तर्गत नदबई इलाकाको हन्तरा पुलमा बुधबार बिहान बस बिगि्रएर रोकिएको थियो । त्यही बेला पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ महिला र ५ जना पुरुष छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार जारी छ ।