Logo

बागमती पेज

भाद्र ३०, २०८० शनिबार

गैह्रीगाउँमा गरिएका चार जनाको हत्या, शव शिक्षण अस्पताल पठाइयो


काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।

हत्या हुने सुरक्षा गार्ड कुमार पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।

प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । उनको कपडा र जुत्ता रगतको दाग फेला परेको बताइएको छ ।

उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ । अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।