Logo

मेघनाथ पहाडी

भाद्र ३०, २०८० शनिबार

४२ व्यञ्जनका दर कार्यक्रम गर्दै ‘मौलिक भान्छाघर’


काठमाडौँ । मौलिक भान्छाघरले तिज विषेश कार्यक्रम गर्ने भएको छ । हरितालिका तिज लक्षित कार्यक्रममा मौलिक भान्छाले ४२ व्यञ्जनका परिकार बनाएर तिजमा फरक ढंगले मौलिक दर खुवाउने नयाँ प्याकेज लिएर आएको छ ।

७ प्रदेशका परिकार खाऔँ, ७ सय ५३ पालिकाको उत्पादन लैजाऔँ भन्ने नाराका साथ सुभारम्भ गरेका छ । विगतदेखि नै मौलिक खानेकुरामा विभिन्न परिकारका स्वाद चखाउँदै आएको भान्छाघरले फरक खालका खानेकुराहरु दाउराको आगोमा पकाएर खुवाउने गरेको संचालक सुमन दाहाल बताउछन् ।

मौलिक भान्छाघरले हरितालिका तीजको अवसरबाट सुभारम्भ गरी १ वर्षसम्म (५२ हप्ते सप्ताहन्त) हरेक हप्ताको शुक्रबार र शनिबार मौलिक उत्पादन र ८४ व्यञ्जन खानपिन मेला २०८० आयोजना गर्ने योजना बनाएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नंं १० आकाशेधारा नजिकै गैह्रिधारा कपन काठमाडौंमा दिउँसो १ः०० बजेदेखि साँझको ६ः०० बजेसम्म दर कार्यक्रम हुने छ संचालक राधिका दाहालले जानकारी दिएकी छन् ।

आफ्नो जात धर्म अनुसार मनाइने मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले हरितालिका तीजको अवसरमा मौलिक भान्छाघरले ४२ व्यञ्जन परिकारको बुफे र थाली प्याकेजबाट-दर खाने साथै स्थानीय  मौलिक उत्पादन र संस्कृतिको प्रवर्दन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

मौलिक भान्छाघरले तीजको दर खाने  अवसरलाई लक्षित गरी विशेष छुट सहित चाहे जति मात्रामा ४२ व्यञ्जन खाने गरी स्टल बुफे थाली प्याकेज पनि ल्याएको छ । मौलिक भान्छाघरले ४२ परिकारको बुफे/थाली प्रति व्यक्ति १९९९ को मात्र ९९९, बुफे प्रति जोडी २९९९ को १९९९, कम्बो बुफे ४ जना ३९९९ को २९९९ र कम्बो बुफे ५ जना भन्दा माथिको लागि प्रति थाली ९९९ को अब मात्र ७०० सयमा उपलब्ध गराएको छ ।  भदौ अन्तिम साता अर्थात हरितालिका तिजबाट सुरु गरेर यो प्याकेज १ वर्षसम्म हरेक हप्ताको शुक्रबार र शनिबार नियमति रुपले सञ्चालन गर्न लागेको छ ।

काठमाडौंको बुढानिलकण्ठ –१० कपन, आकाशेधारा नजिक गैह्रीगाउँमा वल्र्डमार्ट युनिक सोलुशन प्रा.लि ले अर्गानिक फार्मिङ, पशुपन्छी फार्म, फार्मस्टे सहितको नमुना परियोजना सञ्चालन गरिररहेको छ । परियोजनाको अबधारणा अनुसार एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग र ७५३ स्थानीय तहमै खरिद–बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहलय सञ्चालन गरिरहेको छ । साथै देशभित्रका मौलिक चाडपर्व,संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ७ प्रदेश,७ परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक–भान्छाघर र सांस्कृतिक हल समेत सञ्चालनमा ल्याएको छ ।   

साथै मौलिक बजारले यही २०८० भदौको अन्तिम साताबाट सुरु गरेर (वर्षभरी ५२ साता)  हरेक सप्ताहन्तको ९ध्भभपभलम० शुक्रबार र शनिबार मौलिक भान्छाघरमा विभिन्न ८४ व्यञ्जन  परिकारका स्वाद पस्किने गरेको छ ।  देशभरि उत्पादन भएका स्थानीय मौलिक उत्पादन ७५३ पालिकाबाट संकलन गरी प्याकेजिङ, ब्रान्डिङ समेत गरी सुपथ मुल्यमा खरिद बिक्री व्यवस्थापन गर्दे आएको मौलिक बजारले अब प्रत्येक पालिका र कृषक हाटबजार  सहभागीतामा उत्पादन मेला (स्टल) हाटबजारमा सहभागी हुनका लागी आव्हान गरेको छ ।  साथै ८४ व्यञ्जन मध्ये ४२ व्यञ्जनको थाली सहित सांस्कृतिक  कार्यक्रम आयोजना गर्न लागिएको छ । देशभर ७५३ पालिका मध्येबाट उपलब्ध  संकलित उत्पादन भान्साघरमा पकाएर खाने÷खुवाउने र पालिकाले स्टल राखी खरिद तथा  विक्री वितरण समेत गरिने सप्ताहन्त कार्यक्रमको मूल लक्ष्य हो । यस कार्यक्रमले ग्राणीण क्षेत्रका उत्पादनको बजारीकरण र विभिन्न जातजातीले मनाउने मौलिक चाडपर्व र परिकारहरुको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने हाम्रो अठोट हो ।

२०८० भदौ २८ गतेदेखि ३१ गतेसम्म तीज (दर) विशेष कार्यक्रम सञ्चालन गरिने छ । सो कार्यक्रममा उल्लिखित व्यवस्था रहेको छ ।

  • ४२ परिकारको दरको चाहेजति मात्रामा खाने गरी स्टल राखिने छ ।
  • विशेष छुटमा दरको ४२ व्यञ्जन उपलब्ध गराइने छ ।
  • विशेष छुटमा मौलिक उत्पादन खरिद बिक्री गरिनेछ ।
  • स्थानीय पालिकालाई मौलिक उत्पादन तथा विभिन्न जातजाति विशेष रैथाने खाना प्रवर्धनका लागि स्थान उपलब्ध गराउनेछ । 
  • होममस्टे सहित आफैंले खाना पकाएर खान चाहेमा पनि सोको समेत व्यवस्था रहेको छ ।

वल्र्डमार्ट युनिक सोलुशन प्रालीद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले तिजमा मात्र नभएर विभिन्न चार्डपर्वमा समेत विभिन्न परिकार समेत मनाईने योजना रहेको जनाईएको छ ।