Logo

बागमती पेज

आश्विन २, २०८० मंगलबार

विद्यार्थीमा सफलताको भोक हुनुपर्छ : महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिन्दगीको सबैभन्दा ठुलो कुरा भनेको खुसी कसरी हुने भन्ने रहेको बताए ।

थापाले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताए ।

उनले सांसदहरूलाई अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ता, ५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैटौँ पटक किन भइएन भन्ने चिन्ता र प्रधानमन्त्रीलाई बेलुका पद जाने हो की भन्ने चिन्ता हुने गरेको बताए ।

महामन्त्री थापाले इमानदारिताका साथ काम गर्न र फलको आस नगर्न विद्यार्थीलाई आग्रह गरे ।