Logo

बागमती पेज

आश्विन ४, २०८० बिहीबार

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा थकाई बिदा


काभ्रे । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आज थकाई बिदा दिएको छ ।

हिजो बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले नगरभित्रका सबै सरकारी कार्यालय तथा विद्यालयमा आज बिहीबार थकाई बिदा दिएको हो ।

संविधान दिवसका अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा सोको व्यवस्थापन गर्दा कर्मचारी तथा जनप्रतिनिधि थकित भएकाले बिहीबार बिदा दिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बिहीबार नगरपालिकाको कार्यालय, नगर अन्तरगतका कार्यालयहरू, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको सूचनामा उल्लेख छ ।