Logo

बागमती पेज

आश्विन ९, २०८० मंगलबार

सांसद तोसिमा कार्कीद्वारा शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाउन माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले डाक्टरहरु कुटिएको विषयमा शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाउन माग गरेकी छन् ।

मंगलबार समितिलाई पत्र लेख्दै सांसद कार्कीले विशेष ध्यानाकर्षणसहित आकस्मिक बैठकको माग गरेकी हुन् ।

उनले हेटौडा अस्पताल, लमजुङ अस्पताल, कोशी अस्पताल, मणिपाल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कन्चनरपुरको प्राथमिक स्वास्थ्य केन्द्र, चितवन नादिको बगौडा अस्पताल लगायत थुप्रै स्वास्थ्य संस्थाहरूमा दुलहुज्जत र हातपातको घटना भएको बताएकी छन् ।

सांघातिक आक्रमण र भिडतन्तले स्वास्थ्य कर्मी मात्र नभई उपचाररत बिरामीहरूको उपचारमा समेत क्षति पुगेको उनले बताएकी छन् । यस विषयमा छलफल गर्न तथा सरकारको ध्यानाकर्षण गर्न भन्दै उनले समितिको बैठक बोलाउन माग गरेकी हुन् ।