Logo

मेघनाथ पहाडी

आश्विन १२, २०८० शुक्रबार

सिन्धुलीबाट काठमाडौँ जादैँ गरेको गाडी दुर्घटना


काठमाडौँ । सिन्धुलीबाट काठमाडौँतर्फ जादैँ गरेको मधेस प्रदेश ०४-००१ झ ००६२ नम्बरको विद्युतिय गाडी आज (शुक्रबार) सुनकोशी गाउँपालिका ३ स्थीत बोहोरेटारमा दुर्घटना भएको छ ।

आन्दोलनमा सहभागि हुन काठमाडौँ हिडेका सामुदायिक विद्यालयका करारका शिक्षक सवार भ्यान दुर्घटना भएको हो ।

सिन्धुली प्रहरीका अनुसार गाडीमा ११ जना सवार रहेका थिए । घाईतेको उद्धार गरिसकिएको छ भने विस्तृत जानकारी आउन बाँकी छ।