Logo

बागमती पेज

आश्विन १५, २०८० सोमबार

चोखो प्रेम कसरी चिन्ने ?


चोखो प्रेममा जसलाई गरिएको हो, उसको उपस्थिति नै स्वर्गजस्तो हुन्छ ।

‘प्रेममा स्वार्थ हुँदैन । प्रेम एउटा स्वभाव हो । जहाँ लिने हुँदैन । शंका र उपशंका हुँदैन । वशमा पारौं भन्ने हुँदैन ।

दिने काम मात्र भइरहन्छ,’ शर्मा भन्छन्, ‘दुवै जना एकापसमा समर्पित हुन्छन् । त्यो प्रेम सकारात्मक ऊर्जा ल्याउने शक्ति बन्न सक्छ । रिस, राग र अहंकारलाई विलीन बनाउने तागत प्रेममा हुन्छ ।’

इनसाइडरको रिपोर्टअनुसार प्रेम र वासनाबीचको सबैभन्दा ठूलो भिन्नता भनेको वासना पूर्णतः यौन आकर्षणमा आधारित हुन्छ भने प्रेम भनेको जोश र कसैप्रति चरम आत्मीयताको भावना हो ।

धेरैजसो समय शारीरिक रूपमा घनिष्ठ हुन मात्र बिताउने तर व्यक्तिगत जीवनमा कुनै खास चासो छैन र तपाईं दुवैको सोच फरक–फरक छ भने यी कामवासनाका लक्षण रहेको रिपोर्टमा उल्लेख छ ।

प्रेमबारे ६ मनोवैज्ञानिक तथ्य

१. दुई प्रेमीहरूले एकअर्काको आँखामा हेर्दा मुटु धड्किन्छ ।

२. प्रेममा पर्दा शरीरमा कोकिनको सेवनले जस्तै प्रभाव पार्ने देखाएको छ ।

३. प्रियजनको तस्वीर हेर्दा पीडा कम हुन सक्छ ।

४. प्रेम लामो समयसम्म निरन्तर समृद्धिको साथमा चलिरहेको छ भने प्रारम्भिक मृत्युको जोखिम ५० प्रतिशत कम हुन्छ ।

५. हार्टब्रेक वास्तविक छ । ब्रेकअप वा सम्बन्धविच्छेद होस् वा प्रियजन गुमाउँदा तीव्र भावनात्मक तनावले हृदयलाई कमजोर बनाउने रसायन निस्कन्छ । यसलाई ब्रोकन हार्ट सिन्ड्रोम भनेर चिनिन्छ । यसले छाती दुख्ने र श्वास फेर्न समेत कठिन बनाउन सक्ने हार्टब्रेक वास्तविक छ ।

६. खतराले दुई व्यक्तिलाई प्रेममा पार्न ठूलो भूमिका खेल्छ । अध्ययनले के देखाएको छ भने कुनै जोखिमपूर्ण अवस्थामा एक पुरुषले महिलालाई भेटेको छ भने उनीहरु प्रेममा पर्ने सम्भावना सामान्य अवस्थामा भेटेको भन्दा बढी हुन्छ ।

प्रेम हरेक प्राणीको आफ्नो प्राकृतिक स्वभाव पनि हो । त्यसैले त साहित्य, संगीत, सिनेमा जस्ता विधामा प्रेम सर्वाधिक रुचाइन्छ ।