Logo

बागमती पेज

आश्विन १८, २०८० बिहीबार

आमा बन्दै रेखा थापा


काठमाडौँ । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । गतवर्ष प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी उनले फागुन–चैततिर सन्तानलाई जन्म दिन लागेकी हुन्।

रेखा पछिल्लो समय ‘उपहार’ निर्माण अभिनय गरिरहेकी छन् । उनको पेटमा ५ महिनाको सन्तान हुर्किरहेको छ । यो अवस्थामा पनि उनी फिल्ममा एक्सन दृश्य लगायतको छायाङ्कनमा छिन् । बलिउड अभिनेत्री आलिया भट्टले पनि सन्तान पेटमा हुँदा फिल्म सुटिङ गरेको कारण आफूलाई पनि अहिले सुटिङका लागि प्रेरणा मिलिरहेको रेखाले बताइन् ।

फिल्म ‘उपहार’को अहिले काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन् । रेखाको पेट बढ्दै गएपछि निर्देशक ज्ञानेन्द्र देउजाले उनका दृश्यहरूको छायाङ्कन धमाधम गरिरहेका छन् । रेखाले पनि फिल्मको छायाङ्कन सुरु भएपछि नियमित गरिरहेकी छन् ।फिल्मको छायाङ्कन सकेपछि रेखाले पूर्ण रूपमा आराम गर्ने बताएकिछन् ।