Logo

बागमती पेज

आश्विन २१, २०८० आईतबार

प्राविधिक र व्यवसायिक शिक्षा आजको आवश्यक्ता : परराष्ट्रमन्त्री साउद


काठमाडौँ : नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यवसायिक शिक्षा आजको आवश्यक्ता रहेको बताउनुभएको छ । उहाँले प्राविधिक शिक्षाले ज्ञान, सीप र रोजगारी दिने भएकाले यो आजको आवश्यक्ता रहेको बताउनुभएको हो ।

चावहिल स्थित जीपी कोईराला मेमोरियल सामुदायिक कलेजको शुभकामना तथा विदाई कार्यक्रममा उहाँले हाल धेरै सामुदायिक क्याम्पस भएपनि यस कलेजले गुणस्तरिय शिक्षा प्रदान गरेर सामुदायिक क्याम्पस टप गरेकोमा बधाई दिनुभयो । कलेजको स्थापना गर्नु मात्र ठुलोकुरा नभएर गुणस्तरिय शिक्षा प्रदान गर्नु महत्वपूर्ण रहेको बतउनुभयो ।

मन्त्री साउदले आफू विद्यार्थी राजनीतिबाट आएका कारण पनि देशको शैक्षिक स्थिति र विद्यार्थीका धेरै कुरा आफूले बुझेको बताउनुभयो । उहाँले पढाईको सिलसिलामा विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने जनाउनुभएको थियो । गुणस्तरिय शिक्षा भएन भने आफ्नो जीवनमा पनि शुख पाउन नसक्ने भन्दै समाज र देशलाईपनि धेरै सहयोग गर्न नसक्ने भन्दै गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी बागमती प्रदेशसभा सदस्य मीना पराजुलीले कलेजले विद्यार्थीको आवश्यक्ता अनुसार पढाउनु पर्ने बताउनुभयो । उहाँले विद्यार्थीको आवश्यक्ता हेरेर उनीहरुलाई पढ्न सहज हुनेगरी पढाउनुपर्ने बताउनुभयो । आजको आधुनिक युगमा प्रविधिमैत्री शिक्षा प्रदान गरेमा विद्यार्थीले ध्यान दिएर अझ धेरै सिक्न सक्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय २०७९ मा सामुदायिक क्याम्पसहरु मध्येबाट विएसएसडब्लु तर्फ सर्वोत्कृष्ट नतिजा ल्याउन सफल दिया थापा मगरलाई नगद सहित प्रशंसापत्र प्रदान गरिएको थियो । स्वागत तथा विदाई कार्यक्रममा विभिन्न सांगीतिक कोसेली प्रस्तुत गरिएको थियो ।