Logo

बागमती पेज

आश्विन २१, २०८० आईतबार

ओएसआर डिजिटलका अग्रवाल पक्राउ, यस्तो छ कारण…


काठमाडौँ । ओएसआर डिजिटलका म्यानेजिङ डाइरेक्टर ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् । फिल्मको पाइरेशी र ठगी मुद्दामा उनी शुक्रबार पक्राउ परेका हुन् । अग्रवाल पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।

फिल्म ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमति बिना अग्रवालले फिल्म बाहिर प्रदर्शन र प्रचारप्रसार गराएको आरोप उनलाई लगाएका छन् ।

‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमति बिना अग्रवालले फिल्म बाहिर प्रदर्शन र प्रचारप्रसार गराएकोले आफुलाई ठुलो घाटा भयो भनेर उनीविरुद्ध उजुरी दिएका छन्’, ती अधिकृतले भने– ‘पाइरेशी तथा ठगिको मुद्दामा उनी पक्राउ परेका हुन् ।’

प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ ।