Logo

बागमती पेज

आश्विन २४, २०८० बुधबार

बानेश्वरमा युवकको शव भेटियो


काठमाडौं । नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवकको शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढंगेलका अनुसार, बुद्धनगर बस्दै आएका २० वर्षीय विमल महरा मृत अवस्थामा भेटिएका हुन् ।

घटनास्थलमा सिरिन्ज पनि भेटिएकाले उनी लागूऔषध प्रयोगकर्ता हुनसक्ने आशंका गरिएको छ ।

मृत्युको कारण पोष्टमार्टमपछि मात्रै थाहा हुनेछ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइँदैछ ।