Logo

मेघनाथ पहाडी

कार्तिक २१, २०८० मंगलबार

जोसेफ कलेज अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित


काठमाडौँ । २०७४ सालमा स्थापना भएको जोसेफ कलेजले स्थापनाको छोटो समयमा शैक्षिक, अतिरिक्त क्रियाकलापका साथै सामाजिक सेवाको अभियानमा पुर्याएको योगदानको कदर गर्दै नेपाल- जापान एजुकेशनल अवार्ड –२०२३ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । नेपालको शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै कलेज रिडर नामक संस्थाले जोसेफ कलेजलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो ।

जापानको एभरेष्ट इन्टरनेशनल स्कुलमा आयोजित एक समारोहमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी, पूर्व मन्त्री, संघिय सासंद तेजुलाल चौधरी, प्राईभेट कलेज एशोसिएसनका अध्यक्ष डाक्टर राजेन्द्र केशी, प्राबिधिक शिक्षालयका उपाध्यक्ष, प्याब्सनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी लगायतका शिक्षाबिदहरु सहित कलेज रीडरका संरक्षक र प्रबन्धक जितेन्द्र घिमिरेले एक कार्यक्रमबीच उक्त अवार्ड प्रदान गरेका हुन् ।

अन्तर्राष्ट्रिय अवार्ड पाएसँगै जापानबाट प्रतिक्रिया दिंँदै जोसेफ कलेजका सहायक प्राचार्य होम बहादुर (मनोज)अधिकारी भने, शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जोसेफ कलेजले स्थापनाको छोटो समयमै यो अन्तर्राष्ट्रिय अवार्ड पाउंँदा निकै उत्साहित भएको र थप जिम्मेवारी र दायित्व पनि महसुस गरेको बताए ।

यस्तो किसिमको अर्वाड शिक्षा क्षेत्रमा अग्रस्थानमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय काम क्षेत्रमा काम गर्ने बिध्यालय, उच्च शिक्षालयहरु मध्येबाट उत्कृष्ट बिध्यालय र कलेजलाई प्रदान गरिदै आएको कलेज रिडरले जनाएको छ । शिक्षाको गुणस्तर, स्कुलको भौतिक पूर्वाधार, कार्यदक्षता र सामाजिक कार्यको मुल्यांकन गर्दै जोसेफ कलेजलाई उक्त अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ ।

जोसेफ कलेजले आगामी दिनमा जापनमा रहेका युनिभर्सिटी र बिध्यालयहरुसंग शैक्षिक, प्राबिधिक,सास्कृतिक, अतिरिक्त क्रियाकलाप र भाषाको सहयोग आदानप्रदान गर्न समझदारी पत्रमा जापनका लागि नेपाली महामहिम राजदुत डाक्टर दुर्गा बहादुर सुवेदी, विद्यालय व्यवस्थापनको उपस्थितिमा एभरेस्ट ईन्टरनेशन स्कुल जापानको तर्फबाट प्राचार्य बिष्णु भट्ट र जोसेफ कलेजको तर्फबाट कलेजका सहायक प्राचार्य होम बहादुर अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

यस सम्झौतासंगै जोसेफ एडुकेसनल नेटवर्कको सात वटा राष्ट्रहरुसङ्ग अन्तर्राष्ट्रिय शैक्षिक तथा सास्कृतिक सम्बन्ध बिस्तार भएको जोसेफ कलेजका प्राचार्य अधिकारीले बताए ।