Logo

बागमती पेज

मंसिर १९, २०८० मंगलबार

बूनपा १३ मा आँखा स्वास्थ्य शिविर: ३२९ जनाले लिए सेवा


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालय परिसरमा भएको उक्त शिविरमा ३२९ जनाले सेवा लिएका छन् ।

नगर स्थापना दिवसको अवसरमा र आँखा स्वास्थ्य शिविर सन्चालन गरिएको थियो । वडावासीको आँखा सम्बन्धि समस्यालाई ख्याल राख्दै शिविर संचालन गरेको वडाध्यक्ष टिकेश श्रेष्ठले जानकारी दिए । उनले आँखाको समस्या समाधान गर्न तथा सामान्य समस्या भए सो बाट बच्न शिविर संचालन गरेको बताए ।

जस शिविरमा मोतिया बिन्दु समस्या ९ अप्रेशन गर्नु पर्ने ८१, मासु पलाएको अप्रेशन गर्नु पर्ने ६ र अन्यमा सामान्य समस्या रहेको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।बूनपा १३ र हिल नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।