Logo

मेघनाथ पहाडी

मंसिर २०, २०८० बुधबार

जिपी कोईराला क्याम्पस प्रमुखमा शिव अधिकारी नियुक्त


काठमाडौँ । जिपी कोईराला सामुदायिक क्याम्पस प्रमुखमा शिव पसाद अधिकारी नियुक्त भएका छन् । क्याम्पस व्यवस्थापन समितिको बैठकले मंसिर १८ गतेबाट अधिकारीलाई प्रमुखमा नियुक्त गरेको हो ।

विगत ३ वर्षदेखि अधिकारीले निमित्त क्याम्पस प्रमुख चलायका थिए । उनको नेतृत्वमा कलेजले विभिन्न महत्वपूर्ण उपलब्धि समेत हासिल गरेको थियो । २०५४ सालबाट शैक्षिक क्षेत्रमा प्रवेश गरेका अधिकारी यस अघि त्रिचन्द्र, जनकल्याण, रिलायन्स, न्यु समिट लगायत जर्ननौ कलेजमा आवद्ध थिए ।

नवनियुक्त प्रमुखमा अधिकारीले जिपी क्याम्पसमा देशभरिबाट अध्ययनका लागि आउने विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिन भौतिक पुर्वाधार व्यवस्थापनको काममा विशेष जोड दिने भएका छन् । अहिले भएको सम्रचनामा केही अपुग भएका कारण पुर्वाधारमा ध्यान दिने उनको योजना छ । आजको युगमा डिजिटल शिक्षा र प्रयोगात्मक शिक्षामा जोड दिएर अध्यापन गराउने उनको भनाई छ ।

जिपी कोईराला क्याम्पस शुरुवात मात्र हो- क्याम्पस प्रमुख अधिकारीले भने, ‘यस कलेजलाई आगामी दिनमा विश्वकै एउटा नमुना विश्वविद्यालय बनाउने योजनाकासाथ अगाडी बढेको छु । त्यसपछि सबै प्रदेशमा आंगिक क्याम्पस खोलेर देशभरी सहज र गुणस्तरिय शिक्षा प्रदान गर्ने लक्ष्य रहेको छ ।’

विस २०६९ सालबाट शुरु भएको क्याम्पस चाबहिल स्थित शिफल काठमाडौँमा रहेको छ । हाल क्याम्पसमा ३२ सय विद्यार्थी अध्ययनरत छन् । क्याम्पसले त्रिभुवन विश्व विद्यालयमा उत्कृष्ट नतिजा समेत ल्याउन सफल भएको छ ।