Logo

बागमती पेज

मंसिर २०, २०८० बुधबार

बुढानीलकण्ठका १३ जना स्वयंसेविका सम्मानित


काठमाडौं- बुढानीलकण्ठ नगरपालिकाले २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।

दिवसको अवसर पारेर नगरपालिकाको जनस्वास्थ्य महाशाखाले मंसिर १९ गते वडा नं ०७ स्थित ताज प्यालेसमा स्वास्थ्य स्वयंसेविका दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।

सोहि कार्यक्रम मार्फत नगरपालिकाले ६० वर्ष पूरा भएका बुढानीलकण्ठका १३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।

नगरपालिकाका अनुसार सम्मानित हुनेमा महेन्द्र ठकुरी, शान्ती तामांग, सकुन्तला बुढाथोकी, सिता कार्की, धन कुमारी खड्का, सावित्री बरुवाल, भुनु खड्का, भगवती सिलवाल, दिपा राई, मनका खत्री, लेवन लामा, मेनुका के.सी. र लक्ष्मी श्रेष्ठ छन् ।