Logo

बागमती पेज

पुस २, २०८० सोमबार

कारागार अवलोकनमा जुगलका विद्यार्थी


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको जुगल नवगुरुकुल विद्यालयका विद्यार्थीले ललितपुरमा रहेको नख्खु कारागार अवलोकन गरेका छन् । कानुन विषयमा प्लसटु अध्यनरत २३ जना विद्यार्थीले कारागार अवलोकन गरेका हुन् ।

कानुन सम्बन्धि पढेर मात्रै नपुग्ने भन्दै विद्यालयले यस अघि जिल्ला अदालत काठमाडौँ, वैदेशिक रोजगार प्राधिकरण, कारागार लगायत विभिन्न स्थानमा अवलोकन गराएको विद्यालयका शिक्षक घनश्याम सुवेदीले बागमती पेजलाई जानकारी दिए ।

विद्यालयको कक्षा १२ मा अध्ययनरत सर्मिला पहाडीले कितावी ज्ञान सुनेर मात्र भन्दा विभिन्न स्थानमा प्रत्यक्ष अवलोकन गर्न पाउदा अझ धेरै जानकारी पाईने र प्रष्ट बुझिने बताईन् ।

कारागार व्यवस्थापन विभागका प्रहरी नायव उपरीक्षक (डिएसपी) होमनाथ उप्रेतीले कारागारमा १५१७ जना कैदी राखिएको जानकारी दिए ।

विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिन आगामी दिनमा सर्वोच्च अदालत समेत लाने भएको विद्यालय प्रशासनले जनाएको छ । जुगल नवगुरुकुल विद्यालय बुढानीलकण्ठ क्षेत्रको पहिलो कानुन पढाउने विद्यालय हो ।