Logo

मेघनाथ पहाडी

पुस ३, २०८० मंगलबार

पशुपति क्षेत्र विकास कोषको सदस्यमा रेणुका पराजुली नियुक्त


काठमाडौँ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा रेणुका पराजुली नियुक्त भएकी छन् । शुक्रबारको मन्त्रीस्तरीय निर्णयअनुसार पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषदको सदस्य पदमा पराजुलीलाई चार वर्षका लागि मनोनयन गरिएको हो ।

कोष सञ्चालक परिषद्को सदस्य मन्त्री अर्थात् परिषद् अध्यक्षस्तरीय निर्णयबाट नियुक्त हुने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ मा छ ।

सिन्धुपाल्चोकमा जन्मिएकी पराजुली काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा सामाजिक गतिविधिमा सक्रिय छिन् ।

परिषदमा राष्ट्रिय योजना अयोगको संस्कृति हेर्ने सदस्य, पशुपतिनाथका मुलभट्ट, संस्कृति, गृह र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौं महानगरपालिकाका प्रमुख र गुठी संस्थानका अध्यक्ष वा प्रशासकमध्ये एकजना पदेन सदस्य रहने व्यवस्था ऐनमा गरिएको छ ।