Logo

बागमती पेज

पुस ५, २०८० बिहीबार

मन्त्री किराँतीको राजीनामा माग गर्दै पुत्ला दहन


काठमाडौँ । राप्रपा नेपाल आवद्ध जनवर्गीय संगठनहरुले आज साँझ काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् ।
९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन् ।
मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनिहरुले मन्त्री किराँतीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।
राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नु पर्ने उनीहरुको भनाई छ । संस्कृति मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।
पार्टीका जनवर्गिय संगठनहरुले आज साँकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् । मन्त्री किरातीले तत्काल राजिनामा नदिए यो विषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनी दिँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राजिनामा नदिए आन्दोलनले चर्को रुप लिने बताए । काठमाडौंको चावहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले मन्त्री किरातीको विरोधमा चर्का नारावाजि गरेका थिए ।