Logo

बागमती पेज

पुस १०, २०८० मंगलबार

अस्पतालमा श्वासप्रश्वाससम्बन्धी बिरामी किन बढे ?


काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । भारतको केरलामा कोरोना भाइरसको जेएन-१ भेरियन्ट पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसैबीच नेपालका अस्पतालहरूमा पनि श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढेको चिकित्सकहरु बताउँछन् ।

चिसो मौसम यसै पनि मुटु र दमका बिरामीका लागि जोखिमपूर्ण मानिन्छ । साथै अन्य भाइरल संक्रमण, मौसमी रुघाखोकी, ब्याक्टेरियल संक्रमण, निमोनियाको जोखिम समेत बढ्छ । यस्तोमा पछिल्लो समय देखिएको श्वासप्रश्वाससम्बन्धी समस्या कोरोना हो कि अन्य संक्रमण ? कुन उमेर समूहमा संक्रमण बढी मात्रामा देखिएको छ ? लगायत विषयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का डिन तथा छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानासँग गरिएको कुराकानी :

अस्पतालमा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढ्नुको कारण के हो ?

सामान्यतया जाडो मौसममा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्ने गर्छ । त्यहीअनुसार यो वर्ष पनि वीर अस्पतालमा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीहरूको संख्या दुई हप्तायता बढेको छ ।

विशेषगरी दमरोग भएका व्यक्ति दम बिग्रेर आउने, भाइरल निमोनिया र छातीको संक्रमण भएर अस्पताल आउनेहरु बढेका छन् ।

कुन उमेर समूहमा यो समस्या बढी देखिन्छ ?

छातीसम्बन्धी संक्रमण सबै उमेर समूहमा देखिने समस्या हो । तर दमको समस्या भने बालबालिका र वृद्धवृद्धामा बढी देखिन्छ । पछिल्लो दुई हप्तायता भने निमोनिया संक्रमण भएर युवाहरू अस्पताल भर्ना हुने क्रम बढेको छ ।