Logo

बागमती पेज

पुस १४, २०८० शनिबार

मेयर बालेन शाह लेख्छन्ः यो देशले सज्जनलाई लाचार बनायो


यो देशले सज्जनलाई लाचार बनाउछ,
लाचारलाई मर्न बाध्य बनाउछ ,
मर्न नसकेकोलाई अपराधी बनाउछ,
अपराध पछी आफु उठ्ने माध्यम बनाउछ ।
यो देशले मुर्दाघर बनाउछ,
बाच्ने ठाउँ दिदैन ,
परीस्थितीले लाशको दर बनाउछ,
मान्छेलाई भाउ दिदैन ।
यो भनाइ हो काठमाडौँ महानगरपलिका मेयर बालेन शाहको शुक्रबार बालकुमारीमा भएको झडपमा कोरिया जाने सपनासँगै दुई युवाहरुको सपना ढलेपछि यतिबेला सिँगो देशका युवाहरु त्रासमा छन् । बैदेशिक रोजगारीमा जानको लागि पनि युवाहरु मर्नुपर्ने । यो कस्तो परिस्थिती आयो देशमा । यो घटना पश्चात काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले सामाजिक सञ्जालमा निकै मर्मस्पर्सी शब्दहरुले भरिएको यस्तो लेख लेखेका हुन् ।
शुक्रबार एकैछिन जस्तो घटेको घटनाले यस्तो विकराल स्थिती सिर्जना गरिदियो । युवाहरु बैदेशिक रोजगारीमा जानका लागि माग गर्दै थिए । त्यत्तिकैमा स्थिती भयवह बन्यो र दुई युवाहरुले प्राण त्यागे ।
ती युवाहरु सुजन राउत र विरेन्द्र शाह जो परिवारको आशाको केन्द्र थिए । उनिहरुको निधनपछि परिवारमा ठुलो बज्रपात परेको छ । उनिहरु आफुमात्र ढलेनन् विधवा आमाको सहारा ढल्यो स् बहिनीले ‘बा’को झल्को मेटाउने दाइ गुमाइन्, भाइले भरोसा
बिरामी वृद्ध बुबाआमाका सहारा वीरेन्द्र शाही जसले प्रहरीको गोली लागेर ज्यान गुमाए, अछामका २३ वर्षीय वीरेन्द्र शाहका बुबा प्यारालाइसिसबाट पीडित छन्, छोराको मृत्युको खबर सुनेपछि आमा बेहोस छिन्
के थियो त कोरिया विवाद,
श्रम मन्त्रालयअन्तर्गतको इपिएस शाखाले गत २० साउनदेखि कोरियाको पानीजहाज निर्माण क्षेत्रमा काम गर्न जान चाहने श्रमिकका लागि भाषा परीक्षाको आवेदन खुलाएको थियो । अनलाइन तथा अफलाइन माध्यमबाट ३३ हजार दुई सय एक पुरुष र दुई हजार दुई सय ७७ महिला गरी ३५ हजार चार सय ७८ जनाले आवेदन पनि दिए ।

एचआरडी सर्भिस अफ कोरियाले गत असोजदेखि मंसिरसम्म लिएको पहिलो चरणको भाषा परीक्षामा ३२ हजार पाँच सय सात परीक्षार्थी सहभागी भए । उत्तीर्ण भने १२.६ प्रतिशत अर्थात् चार हजार ९८ मात्रै भए । जसमा तीन हजार नौ सय एक पुरुष र एक सय ९७ महिला थिए । पहिलो चरणमा उत्तीर्ण युवाको गत २४ मंसिरदेखि सीप परीक्षा लिइयो । दोस्रो चरणको परीक्षाबाट तीन हजार नौ ८९ परीक्षार्थी मात्रै उत्तीर्ण भए । उनीहरूलाई इपिएस शाखाले रोस्टरमा नाम राखेको छ ।
जहाज निर्माण क्षेत्रमा जाने श्रमिकको परीक्षा समाप्त भएपछि इपिएस शाखाले गत २ पुसदेखि कोरियाको उत्पादन क्षेत्रको कामका लागि आवेदन खुलायो । तर, पानीजहाज निर्माण क्षेत्रमा परीक्षा दिएर अनुत्तीर्ण भएका युवाले भने आवेदन दिन नपाइने सूचना जारी ग¥यो । इपिएसको यो सूचनाको विरोध गर्दै पानीजहाज निर्माण क्षेत्रमा जानका लागि लिइएको परीक्षामा अनुत्तीर्ण भएका युवा उच्च अदालत पाटन पुगे ।
सुरज पाठकसहित १८ जनाले उत्पादन क्षेत्रमा पनि आवेदन दिन पाउने माग गर्दै रिट दिएका थिए । उच्च अदालतले गत ५ पुसमा उनीहरूलाई पनि उत्पादन क्षेत्रको परीक्षामा सहभागी हुनका लागि फाराम भर्न दिन आदेश दियो । इपिएस शाखाका प्रमुख गुरुदत्त सुवेदी अदालतको आदेशबमोजिम १८ युवालाई कार्यालय बोलाइएको बताउँछन् ।
यसरी उव्जीएको विवादले एकाएक भयवह स्थिती सिर्जना गरेपछि यी दुई युवाहरु फुल्न नपाउँदै अस्ताए । जनताले कर तिरेको नेताको गाडी जलाइयो । यो देशका नेताहरुले देश चलाउन नजानेपनि अन्दधुन्द गोली भने चलाउदो रहेछ ।