Logo

बागमती पेज

पुस १९, २०८० बिहीबार

पशुपतिनाथको आरती र दीप प्रज्वलनको भिडिओ सामाजिक सञ्जालमा राखे कारबाही


काठमाडौं । पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने भएको छ ।

पशु्पति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्बा डिजिटल प्रालिले एक सूचना जारी गर्दै आरती र दीप प्रज्वलनको भिडिओ खिचेर फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यवसायिक प्रयोजनका लागि राखिए कारबाही हुने जनाएको छ ।

उक्त कार्य गरेको थाहा भएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने बुढासुब्बाले जनाएको छ ।