Logo

बागमती पेज

पुस २५, २०८० बुधबार

सन्दीपले गौशाला २६ लाई ५ लाख रूपैयाँ क्षतिपूर्ति र जरिवाना तिर्नुपर्ने


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएको जिल्ला अदालत काठमाडौंले पीडितलाई ५ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । सन्दीपले जरिवाना र क्षतिपूर्तिवापत सो रकम गौशालालाई दिनुपर्ने अदालतले भनेको हो ।

फैसलामा भनिएको छ, ‘परिवर्तित नाम गौशाला ६ को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत, पिडितलाई परेको मानसिक असरसमेतलाई विचार गर्दा प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) बमोजिम ८ वर्ष कैद र दफा २१९ (३) (क) बमोजिम रु. ३ लाख जरिवाना हुने तथा पिडितलाई पुग्न गएको मानसिक असरलाई विचार गर्दा दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना रु ३ लाख र थप दुई लाख रकम क्षतिपूर्तिवापत प्रतिवादीबाट पिडितलाई भराइ दिने ठहर्छ ।