Logo

बागमती पेज

पुस २६, २०८० बिहीबार

बाल उद्धार नमुना माविका अध्यक्षमा पुन: घिमिरे चयन


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्धार नमुना मावि व्यवस्थापन समितीको अध्यक्षमा ध्रुव प्रसाद घिमिरे पुन: चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको आज बसेको बैठकले घिमिरेलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।

अभिभावक भेलाबाट सदस्यमा चयन भएका घिमिरे सँगै व्यवस्थापन समिति सदस्यमा पवित्रा राना, डा. भगवान अर्याल, सुबिन चालिसे र मिरा रेग्मी चयन भएका छन् । भने जनप्रतिनिधिकाका तर्फबाट दिल कुमारी बिकलाई सदस्य बनाईएको छ ।

विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक बिनोद पण्डित रहेका छन् भने शिक्षक प्रतिनिधि चयन गर्न बाँकी नै छ ।