Logo

बागमती पेज

माघ ४, २०८० बिहीबार

बुढानीलकण्ठमा ‘तेस्रो वृत्ति परामर्श तथा रोजगार मेला २०८०’ आयोजना हुने


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले यही मिति २०८० माघ ११ र १२ गते बुढानीलकण्ठ नगरपालिकाको परिसरमा विद्यार्थी, बेरोजगार युवा, रोजगारदाता र मानव संसाधन निर्माणकर्ता (प्राविधिक शिक्षालय वा कलेज) हरुलाई एकै स्थानमा जुटाएर श्रमबजारको आवश्यकता र मानव संसाधन विकासबीच देखिएको मिसम्याच कम गर्दै माग अनुसारको मानव संसाधन विकास कार्यलाई व्यवस्थित गर्ने हेतुले बृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्दै छ ।

इच्छुक रोजगारदाता तथा प्राविधिक शिक्षालय तथा कलेजहरुलाई स्टल दर्ता नम्बरका लागि नगरपालिकामा सम्पर्क राख्न नगरपालिकाले अनुरोध गरेको छ ।

मेलाका आकर्षणहरु:

१. विद्यार्थीहरुका लागि बृत्ति परामर्श सेवा

२. रोजगार विनियम सेवा

३. गरिखानेका कथा

४. उद्यमशीलताको प्रदर्शन

५. १० महिने कुक तालिम कम्प्युटर हार्ड वेयर र इलेक्ट्रिसयन तालिमको माग संकलन र भर्ना

६. स्थानीय रोजगारदातालाई विशेष सम्मान आदि ।