Logo

बागमती पेज

माघ ७, २०८० आईतबार

राष्ट्रपतिबाट लामा गुरुलाई कदर पत्रसहित सम्मान


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध तिर्थस्थलहरुको भ्रमण पुरा गरी फर्किनुभएका लामा गुरुहरूलाई आज कदर पत्र सहित सम्मान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ र कुशीनगरसहितका बौद्ध तीर्थस्थलको भ्रमण गरी फर्किनुभएका लामा गुरुहरूलाई कदर पत्रसहित सम्मान गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले लामा धर्मगुरुहरूलाई दक्षिणा समेत प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बौद्ध धर्म प्रवद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पाले समितिले बौद्ध दर्शन, बौद्ध कला र नेपालमा रहेका गुम्बा तथा विहारहरूको संरक्षण सम्वद्र्धन र विकासमा काम गर्दै आएको बताउनुभयो ।

अध्यक्ष शेर्पाले त्यस अवसरमा राष्ट्रपतिसमक्ष बौद्ध धर्म प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई सरकारबाट आगामी दिनमा थप बजेट उपलब्ध गराइदिन माग पत्र समेत पेश गर्नुभयो ।

बौद्ध धर्म प्रवद्र्धन तथा गुम्बा विकास समितिको समन्वयमा नेपालबाट विभिन्न लामा धर्मगुरुहरूले गत पुस २७ गतेदेखि माघ ५ गतेसम्म नेपाल र भारतका बौद्ध तीर्थस्थलहरूको भ्रमण गर्नुभएको थियो ।