Logo

बागमती पेज

माघ ८, २०८० सोमबार

बूनपा-७ मा सामुदायिक भवन निर्माण


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको पानचौर क्षेत्रमा सामुदायिक भवन निर्माण भइरहेको छ।

करिब दुई रोपनि क्षेत्रफलमा निर्माण भइरहेको भवन स्थानीय कला तथा संस्कृतिमा आधारित रही निर्माण भइरहेको छ ।

बागमती प्रदेश सरकारद्वारा आर्थिक सहयोग गरिएको बुनपा – ७ का वडाध्यक्ष बस नारायण महर्जनले दिएका छन्।

यस सामुदायिक भवनमा थप संरचनाका रूपमा पानी ट्याङ्की, खेलकुद मैदान तथा एक बगैंचा निर्माण गर्न बाँकी रहेको जानकारी वडाध्यक्ष महर्जनले दिएका छन् । उनका अनुसार भवनमा सामुदायिक कार्यक्रम, सम्मेलन तथा जलपान कार्यको लागि प्रयोजनमा ल्याइने छ ।

बागमती प्रदेश सभा निवर्तमान सदस्य दीपक निरौलाद्वारा शिलान्यास गरिएको उक्त भवन यही आर्थिक वर्षभित्र सम्पन्न हुने जानकारी वडाध्यक्ष महर्जनले बागमती पेजलाई बताए । -अमित श्रेष्ठ