Logo

बागमती पेज

माघ १०, २०८० बुधबार

आमाको सम्झनामा निरकमलको ‘जूनले पनि पोल्दो रैछ’ बोलको गीत सार्वजनिक


काठमाडौँ । गीतकार निरकमल खड्काको ‘जूनले पनि पोल्दो रै छ’ बोलको गीत सार्वजनिक भएको छ। खड्काको शब्द तथा जमुना शर्माको स्वर रहेको उक्त गीत व्ल्यु लोटस ईन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा अमुल कार्कीले संगीत दिएका छन् भने एरेन्ज पनि उनकै रहेको छ ।

राज घिमिरे र जेविका कार्कीको अभिनय रहेको गीतको कथावस्तु खड्काकी आमा बैजु खड्काको जीवन कथा हो । केही समय अघि मात्र आमा गुमाएका खड्काले आमा कै सम्झना गीत सार्वजनिक गरेका हुन् ।

बाबु प्रधानको मिक्सिङ रहेको यो गीतको भिडियो महे पौडेलले खिचेका हुन भने भिडियो निर्देशन भने युवराज वाईवाले गरेका छन् ।

विदेशमा रहेर नेपाली सङ्गीतमा योगदान गरिरहेका खड्काको यस अघि ‘भुल्न गाह्रो भो’,‘कहाँ राँखु प्रिय’,‘नक्कली कान्छी’,समीपै पाए लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

दिवंगत आमा बैजु खड्का र स्वर्गीय पिता ज्ञानबहादुर खड्का प्रति समर्पण गरेर गीत लेखिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नहोस् अथवा तलको लिङ्कमा हेर्नुहोस् :