Logo

बागमती पेज

फाल्गुन १५, २०८० मंगलबार

फिक्कलमा दादुरा-रुबेला खोप अभियान शुरु


काठमाडौँ । फिक्कल गाउँपालिकामा फागुन १५ मंगलवार देखि दादुरा-रुबेला खोप अभियान शुरु भएको छ । आजदेखि पालिका भित्रका विभिन्न स्वास्थ्य केन्द्रबाट खोप लगाउन शुरु गरिएको हो । दादुरा-रुबेलाको खोप अभियान फागुन १५ देखि १९ गतेसम्म संचालन हुने प्रमुख प्रशासकीय अधिकृत डम्बर रजन मगरले जनाएका छन् ।

पालिका भित्रका सम्पुर्ण खोप केन्द्रबाट ९ महिना देखि ५ बर्ष सम्मका बालिका १३२ र बालक १३६ गरी जम्मा २६८ जना बालबालिकाले खोप लगाईएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुयालले जनाए।

पालिकाका ६ वटा वडा भित्रका ३८ वटा स्वास्थ्य केन्द्रबाट दादुरा रुबेला खोप निःशुल्क उपलब्ध हुनेछ । दादुरा रुबेला खोप अभियानमा नजिकैको खोप केन्द्रमा गई आफ्ना बालबालिकालाई खोप लगाउन पालिकाले अनुरोध समेत गरेको छ ।