Logo

बागमती पेज

फाल्गुन १८, २०८० शुक्रबार

प्रधानमन्त्री प्रचण्डद्वारा भरतपुर आँखा अस्पतालको नवनिर्मित भवन उद्घाटन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

भरतपुर महानगरपालिका ११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा बनेको आँखा अस्पतालको प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन गर्न चितवन आएका बेला प्रधानमन्त्रीले आँखा अस्पतालको साढे ३ तलाको सुविधा सम्पन्न भवनको उद्घाटन गरेका हुन् ।

१३ करोड ५० लाख रुपैयाँ लागतमा अस्पाल भवन निर्माण गरिएको हो । कुल २५ हजार ५०० वर्ग फिट क्षेत्रफलमा बनेको भवनको फाउण्डेसन र फ्रेम स्ट्रक्चरर निर्माण शिवालय विल्डर्स काठमाण्डौंले ४ करोड ८३ लाख बयानब्बे हजारमा गरेको थियो भने, बाँकी काम अस्पताल आफैंले गरेको हो ।